झापामा श्रीमानद्वारा श्रीमतीको हत्या, श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हिँडेपछि स्थानीयले बुझाए प्रहरीमा
झापा । झापाको हल्दीबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गोकर्ण भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेका हुन् ।
गणेशले टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै उर्मिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबीच सामान्य विवाद सुरु भएको थियो । विवाद उग्र बन्दै जाँदा गणेशले आक्रोशमा आएर श्री...































