संगालोखबर


पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-६ अर्चलेमा पिकअप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ३ः३० बजे भएको दुर्घटनामा चालक झापाको बाह्रदशी गाउँपालिका-५ का ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको हो ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णका अनुसार च्याङथापुबाट फलैंचातर्फ जाँदै गरेको प्रदेश ०१-००२ च १५६९ नम्बरको पिकअप दुर्घटना भएको हो । पिकअपमा चालकसहित तीन जना सवार थिए ।

Advertisement

गाडी ओरालो सडक खण्डमा पुगेको बेला यात्रुहरू पिसाब फेर्नलाई ओर्लिएका थिए । त्यही समयमा गाडी अचानक आफैं गुडेर नियन्त्रणबाहिर गएको र भिरबाट खसेको खुलेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!