संगालोखबर संवाददाता

विराटनगर । महाभीम स्मृति कोषबाट प्रदान गरिने २०८० सालको महाभीम धर्म, संस्कृति एवं समाज सेवा पुरस्कार (दोस्रो) भोजपुरको चरम्बीस्थित अरुणोदय उच्च माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।

Advertisement

चरम्बी पिपल डाँडामा महाभीम स्मृति कोष–२०७९ ले आयोजना गरेको कार्यक्रममा एक लाख राशि सहितको ‘महाभीम धर्म संस्कृति एवं समाज सेवा पुरस्कार’ प्रदान गरिएको हो ।

हालै आयोजित एक कार्यक्रमका बीच कोषका संस्थापक एवं संरक्षक प्रभुप्रसाद पराजुलीले अरुणोदय उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

कोष कार्य सम्पादन समिति अध्यक्ष इन्दिरा रिजालले प्रमाणपत्र प्रदान गरी विद्यालयलाई सम्मानित गरिन् । कार्यक्रममा कोषका महासचिव प्रसन्न पराजुली र उपाध्यक्ष कविता मैनालीले खादा तथा अबीर लगाएर अतिथिहरुको स्वागत सम्मान गरेका थिए ।

प्रदान गरिएको उक्त पुरस्कारको रकम अक्षय कोषमा राखिएको र त्यसको ब्याजबाट प्रत्येक वर्ष जेहन्दार तथा गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था समेत गरिएको प्रधानाध्यापक पराजुलीले जानकारी दिए ।

त्यस अवसरमा कोषका अध्यक्ष रिजाल र उपाध्यक्ष मैनालीले करिब ३०० विद्यार्थीहरुलाई कापी, डटपेन र बिस्कुट वितरण गरेका थिए ।

महाभीम धर्म संस्कृति तथा समाजसेवा पुरस्कार, महाभीम स्मृति कोषका संस्थापक तथा संरक्षक प्रभुप्रसाद पराजुलीका दिवंगत माता महादेवी पराजुली तथा पिता भीमप्रसाद पराजुलीको सम्झनामा २०७९ सालमा विराटनगर–२ मा महाभीम स्मृति कोषको स्थापना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!