गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विभिन्न विधाको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयले सम्मान तथा पुरस्कृत गरेको छ । एमबीबीएस, इन्जिनियरिङ् तथा बिडिएसको प्रवेश परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने १४ जना विद्यार्थीलाई आज कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो ।

Advertisement

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ् तर्फको प्रवेश परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण भएका अनुक्रम काफ्ले र काठमाडौं विश्वविद्यालको इन्जिनियरिङ् तर्फको प्रवेश परीक्षामा प्रथम हुने नितेशकुमार श्रेष्ठलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको छ । त्यस्तै एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याएर पूर्ण छात्रवृत्ति पाएका सुशान्त दाहालसहित ११ जना  र बिडिएसतर्फ उत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यता, कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सात जना विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।

कार्यक्रममा प्रधानाध्यापक राजेश कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी र कोअर्डिनेटर विकास खनालले विद्यार्थीहरूलाई प्रमाणपत्र र नगदसहित सम्मानित गरे । कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक कार्कीले अरनिको कलेजले सँधै सफलता पाएकोमा खुसी व्यक्त गरे । सो अवसरमा बोल्दै उत्कृष्ट विद्यार्थी सुशान्तले कलेजको उपयुक्त शैक्षिक वातावरणका कारण आफूले सफलता पाएको प्रतिक्रिया दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!