
विराटनगर । कैलालीको टीकापुरमा तालिम गरिरहेको अवस्थामा सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएका हुन् ।
बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन् ।


संगालोखबर 
















