
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका–११ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्थानीय ८६ वर्षीय बृद्ध विर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार दिउँसो प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले बृद्धलाई ठक्कर दिएको थियो । चालक धरान-८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।