संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान केराबारी र बेलबारीमा दुई जना मृत फेला परेका हुन् ।

केराबारी गाउँपालिका-९ स्थित धरधरे सामुदायिक वनको भीरमा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी-८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

शनिबार अपरान्ह घरबाट निस्किए उनी नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । स्थानीयले खोजी गर्ने क्रममा आज बिहान मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

यसैगरी बेलबारी नगरपालिका-८ गिरीगाउँमा सुतेकै ठाउँमा एक पुरुष मृत फेला परेका छन् । भक्तबहादुर ओझाको घरमा काम गर्दै आएका मोरङको मङ्गलबारे घर बताउने ५६ वर्षीय डम्का राजवंशी मृत फेला परेका हुन् ।

कटेरोमा सुतेका राजवंशी नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको अनुमान गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!