संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकमा उपभोक्ता समिति निर्माण गरेर बाँदर नियन्त्रण अभियान चलाइएको छ । गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याइदिएपछि उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान थालिएको हो ।

समितिले भारतबाट बाँदर समाउन सिपालु मान्छे ल्याएर १ सय ५० भन्दा बढी बाँदर बन कार्यालयलाई बुझाइसकेको छ । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईका अनुसार केही महिना अघि समितिले भारतबाट चार जना सिपालु मान्छे ल्याएर बाँदर पक्रिएको हो ।

Advertisement

पक्रिएका बाँदरलाई बन कार्यालयसँगको समन्वयमा चारकोसे झाडीमा लगेर छाडिएको भट्टराईले बताए । गाउँपालिकाको ५, ६ र ७ नम्बर वडामा बाँदरले धेरै दुःख दिने गरेको उनको भनाइ छ । स्थानीयले गुनासो गरेपछि बाँदर नियन्त्रणका लागि गाउँपालिकाले यसका लागि सहयोग गरेको उनको भनाइ छ ।

उनले संगालोखबरसँग भने, ‘सिंघिया खोला आसपासमा घना बाँसघारी छ । त्यही बाँदर बस्ने र मौका हेरेर स्थानीयले लगाएको बाली नष्ट गरेर दुःख दिने गरेको छ ।’ बाँदर समाएर अन्यत्र छाडिएपछि स्थानीयबाट गुनासो नआएको उनले बताए ।

उपभोक्ता समितिको सक्रियतामा सकारात्मक काम भएको उनले सुनाए । अहिले बाँदर केही कम भएका र क्षति पनि कम हुन थालेको उनको भनाइ छ । उपभोक्ता समितिका अध्यक्ष साझुलाल सुतिहारका अनुसार अहिले पनि बाँदरले दुःख दिइरहेकै छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!