किनेको जग्गामा गोलमाल, न्यायिक समितिले सुनुवाइ गरेन
विराटनगर । मोरङको रङ्गेली नगरपालिका–६ पिपल चोकका गणेश सहनीले आफूलाई न्याय दिलाइदिन माग गरेका छन् । नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले बिना कारण बारम्बार अपमान गरेको भन्दै न्याय दिलाइदिन माग गरेका हुन् । बिहीबार पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनमार्फत् उनले आफन्तसँगको पुरानो रिसिबीलाई लिएर अहिले आफूमाथि अन्याय गरिरहेको उनले बताए ।
लामो समय वैदेशिक रोजगारीमा बिताएका उनी नेपालमै केही गर्छु ...