प्रस्ताव आए ठूला दलसँग चुनावी एकता गर्न तयार छौं : माधव नेपाल
धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मिलेर जान सकिने बताएका छन् ।
आज नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनमा चुनौती रहेकाले ठूला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् ।
‘जेनजी आन्दोलन पश्चात्का राजनीतिक घटनाक्रमले आगामी चुनावमा चुनौती छ’, उनल...






























