मोरङको धनपालथानबाट तीन सय २३ किलो गाँजा बरामद
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारबाट तीन क्विन्टल बढी गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहानको राति करिब १ बजेतिर गाँजा बरामद गरेको हो ।
१० वटा बोरामा प्याक गरेर राखेको अवस्थामा बरामद भएको गाँजाको तौल तीन सय २३ किलो तीन सय ग्राम रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका ...





























