रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु
विराटनगर । मोरङको रंगेली नगरपालिका-९ मा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-६ दादरबेरियाका १० वर्षीय प्रशान्त विश्वकर्मा छन् ।
उनको आज दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार प्रशान्त रंगेली-९ बेलचोकस्थित मामाघरमा गएका थिए । उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारेर स्थानीयले उपचारका लागि रंगेली अस्पताल लगेका थ...





























