लागूऔषधसहित ६ जना पक्राउ
विराटनगर । धनकुटा, मोरङ र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–३ बाट २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भास्करकुमार शर्मा र २५ वर्षीय सौरभकुमार पासवानलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १० ग्राम ७०० मिलीग्राम हिरोइन बरामद गरिएको छ ।
यस्तै, झापाको कमल गाउँपालिका–२ का ३८ वर...





























