संगालोखबर


खोटाङ । खोटाङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरी फरार भएका एक युवक १३ वर्षपछि पक्राउ परेका छन् । साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७२ माघ १८ गते राति १४ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

अनुसन्धान र बहस पैरवीपछि जिल्ला अदालत खोटाङले २०७९ चैत ३० गते उनलाई कैद सजायको फैसला सुनाएको थियो । नरदेशलाई १३ वर्षको कैद सजाय तोकिएको थियो । घटनापछि फरार रहेका उनी घरमा आएका बेला दुई दिनअघि प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार सोमबार उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको थियो । त्यसपछि राईलाई कारागार चलान गरिएको कार्कीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!