संगालोखबर

विराटनगर । मोरङको जहदाबाट ६ किलो गाँजासहित गएराति एकजना युवक पक्राउ परेका छन् । जहदा गाउँपालिका–१ का २६ वर्षीय अमित मण्डललाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्ज्वल शाक्य नेतृत्वको टोलीले प्रदेश १–०४–००१ प ९८०२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । त्यस क्रममा जाँच गर्दा चालकको साथबाट ६ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!