संगालोखबर

विराटनगर । सप्तरीमा क्लिङ्कर बोकेको ट्रक दुर्घटना हुँदा मोरङको उर्लाबारी घर भएका चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५, मोहनपुर पुलमा आज बिहान भएको दुर्घटनामा चालक उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो ।

Advertisement

मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको ट्रक क्लिङ्कर बोकेर गुडिरहेका बेला मोहनपुर पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रकभित्र च्यापिएर राईको मृत्यु भएको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!