संगालोखबर

विराटनगर । अन्तर स्कुल फुटसल प्रतियोगितामा विराटनगरको सेन्ट जोसेफ स्कुल विजयी भएको छ । फाइनल खेलमा कोशी मल्टिपल कलेजलाई पराजित गर्दै सेन्ट जोसेफ विजयी भएको हो ।

Advertisement

अन्तिम समयसम्म एक/एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा कोशी मल्टिपललाई सेन्ट जोसेफले पराजित गरेको हो । आदर्श स्कुललाई पराजित गर्दै कोशी मल्टिपल र पोखरियालाई पराजित गर्दै सेन्ट जोसेफ फाइनलमा पुगेका थिए ।

खेलमा उत्कृष्ट गोलकिपर सेन्ट जोसेफका अमित साह, सबैभन्दा धेरै गोल गर्ने सेन्ट जोसेफकै गौराङ राई र प्लेयर अफ टुर्नामेन्ट कोशी मल्टिपलका दीपक चौधरी घोषित भए । अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजना भएको खेल सञ्चालन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!