दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । सुनसरीको धरानमा दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश गल्फ सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा बैशाख १३ गतेबाट प्रतियोगिता हुन लागेको हो । कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्ला साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सह...
सुनसरीबाट तीन सय २३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट तीन सय २३ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ परेका छन् । भोजपुरको अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गाँजा लोड गरेको गाडी नेपालतर्फ पार्किङ गरेर कार्की भारतमा लागूऔषध ब्राउनसुगर लिन गएका थिए । उनलाई मंगलबार कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो वि...
प्रा.डा. शर्मालाई बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी

प्रा.डा. शर्मालाई बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपति तोकिएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार प्रा. डा.संजिव कुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो । बैशाख ४ गते प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. शर्मालाई नयाँ उपकुलपति सिफारिस भएर नियुक्त नभएसम्मका लागि जिम्मेवारी तोकिएको बताइएको छ । ...
कोकाहा दर्शन गर्न गएका इटहरीका मामा-भान्जा सप्तकोसीमा डुबेर बेपत्ता

कोकाहा दर्शन गर्न गएका इटहरीका मामा-भान्जा सप्तकोसीमा डुबेर बेपत्ता

विराटनगर । सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै रहेको कोकाहा दर्शन गर्न गएका मामा भान्जा सप्तकोसीमा डुबेर बेपत्ता भएका छन् । आज बिहान मन्दिर दर्शन गर्न गएका उनीहरू नदीमा डुबेर बेपत्ता भएका हुन् । इटहरी बालग्रामका ४८ वर्षीय नवराज बास्तोला र उनका भान्जा १६ वर्षीय जेनिस आचार्य बेपत्ता भएका प्रहरीले जनाएको छ । ‘पारिवारिकरुपमा कोकाहा नुहाउन जानुभएको रहेछ । जसमध्ये मामा-भान्जा बेपत्ता हुनुभयो’, सुनसरीक...
सुनसरीको दुहबीमा कारबाट एक सय १६ किलो गाँजा बरामद

सुनसरीको दुहबीमा कारबाट एक सय १६ किलो गाँजा बरामद

विराटनगर । सुनसरीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ । दुहबी नगरपालिका-४ मालहट्टीबाट प्रहरीले गाँजा बरामद गरेको हो । शनिबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा ७ च ९२६३ नम्बरको कारको डिकीमा गाँजा फेला पारेको थियो । प्रहरीका अनुसार चार वटा जेब्रा झोलामा गाँजा राखिएको थियो । गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको भन्ने खुल्न बाँकी छ । कार चालक भने फरार छन् । उनको खोजी कार्य तथा आवश...
इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । दुर्घटनामा परेर कारमा सवार इटहरी-१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका...
सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ मा आगलागी भएको छ । बिहीबार अपरान्ह भएको आगलागीबाट १० घर ध्वस्त भएका छन् । प्रहरीका अनुसार पाँच परिवारको १० घर जल्दा अन्दाजी ६० लाख बराबरको क्षति भएको छ । झिँगा र लामखुट्टे भगाउने धुपबाट घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाबुनन्द गोइतको घरबाट सुरु भएको आगोले रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेर खरानी भएको हो । ...
सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा दुहबी-३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार फुटानी चोक-वसनपुर भित्री सडक खण्डमा को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा चालक माझी गम्भिर घाइते भएका थिए । उनको विराट शिक्षण अस्पताल बुढीगंगामा उपचारका क्रममा राति ११ः३० ब...
चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-२ घर भएकी ३४ वर्षीया चुनकुमारी बुढाथोकीको हत्या पतिकै योजनामा भएको खुलेको छ । गत चैत २५ गते सुनसरीको धरान-६ पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी उनको हत्या कोरियामा बस्दै आएका पतिको योजनामा भएको खुलेको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धराने बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । ...
सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-६ का २४ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन् । दुई वटा झोलामा राखेको २४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-१६ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा-७ का २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिमकुमार तामाङ पक्राउ पर...
भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ

भेडेटारबाट धरान आउँदै गरेको अटोमा गाँजा, बाबु-छोरासहित तीन जना पक्राउ

विराटनगर । सुनसरी धरान उपमहानगरपालिका-१३ बाट १९ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-४ का ४८ वर्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बु रहेका छन् । प्रहरीका अनुसार जोकबहादुर अटो चालक हुन् । भेडेटारबाट धरानतर्फ आएको को २ ह ४७३९ नम्बरको अटोमा चेकचाँज गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । यसैगरी विराटनग...
इटहरीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

इटहरीमा ट्याक्टरले किच्दा बालकको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१५ मा ट्याक्टरले किचेर एक बालकको  मृत्यु भएको छ । भारतको वेस्ट बंगाल घर भइ इटहरी-१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका तीन वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको हो । मंगलबार प्र १-०२-००३ त ७०२ नम्बरको ट्याक्टरले बालकलाई किचेको थियो । प्रहरीका अनुसार इँटा भट्टा बाहिर खेलिरहेका बालकलाई ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । गम्भीर घाइत...
सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई पक्राउ, तीन जना फरार

सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई पक्राउ, तीन जना फरार

विराटनगर । सुनसरीको देवानगञ्जमा सोमबार साँझ भएको गोली काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । देवानगञ्ज-१ का २७  वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव पक्राउ परेका हुन् । उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोली काण्डमा संलग्न ५ जनामध्ये अझै तीन जना फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ

२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ

विराटनगर । धनकुटाको सँगुरीगढी गाउँपालिका-९ का ३४ वर्षीय भूपाल राई २८ किलो गाँजासहित पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-११ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी हाल धरानमा बस्दै आएका थिए । यस्तै विराटनगर-१५ बाट मोरङको बेलबारी नगरपालिका-४ का २१ वर्षीय एन्जल गुरुङ र १९ वर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । य...
चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले केही मान्छेलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चैत २५ गते जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीया चुनकुमारी बुढाथोकीको बिहीबार पहिचान खुलेको थियो ।  ‘अनुसन्धान जारी...
इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

विराटनगर । सुनसरीको इटहरी-५ बालग्रामबाट १४ वर्षीय बालक बिपन खड्का बेपत्ता भएका छन् । इटहरीको बुल्म नेपाल बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत बालक चैत २२ गते घरबाट बेपत्ता भएका हुन् । बालककी आमा शर्मिला खड्काका अनुसार उक्त दिन बिपनको कक्षा ७ को अन्तिम परीक्षा थियो । ‘छोरालाई खाना खुवाएर म पनि काममा निक्लिए । उ पनि परीक्षा दिन जान तयारी गर्दै थियो’, उनले भनिन्, ‘काममा नै थिए । साढे ११ बजेतिर स्कु...
धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । चैत २५ गते दिउँसो १२ः३० बजे मृत फेला परेकी उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीय चुनकुमारी बुढाथोकी हुन् । यद्यपी नागरिकताबाट नाम पहिचान गर्न बाँकी र...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई सोमबार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ वर्षीय उमेश गिरीलाई उनकै घरबाट दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीसँगै ब्राउन सुगर बेच्ने गौरादह-२ का २४ वर्षीय मनोज भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ला...
धरानको जंगलमा महिलाको शव फेला

धरानको जंगलमा महिलाको शव फेला

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक बनमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । सोमबार दिउँसो करिब १२ः३० बजे प्रहरीले महिलाको शव फेला पारेको हो । महिलाको पहिचानका लागि हुलियासहित कोशीका सबै प्रहरी युनिटबाट समन्वय भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । प्रहरीले म...
मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । चेकजाँच तथा लागूऔषधको अवैध कारोबारमा भइरहेको सूचनाका आधरमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भइ सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय  विजय साह, धरान-९ का २७ वर्षीय निरञ्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई र धरान-१७ का २६ वर्षीय निश्चल राई रहेका...
सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ७७ वर्षीया मनमाया गिरीको मृत्यु भएको हो । बिहीबार साँझ मदन भण्डारी लोकमार्गअन्तर्गत पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले वृद्धालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

सुनसरी र झापाबाट लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ मा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय मनोज कुमार चौधरी, इटहरी-६ का २३ वर्षीय सनम तामाङ, इटहरी-२ का २७ वर्षीय...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा

विराटनगर । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगलागी दिउँसो ३ः३० बजे नियन्त्रणमा आएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । आगलागीमा पसेका ११ जनाको नेपाली सेनाको हेलिकोप्टर र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो । इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणको प्रयास जारी

विराटनगर । सुनसरीको इटहरीमा रहेको ९ तले व्यापारिक भवन सेन्ट्रल प्लाजाको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान ९ः३० बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी छ । पूर्णरूपमा आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ । आगलागीमा पसेकाहरूलाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजाको प...
सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरीमा सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-६ साहु टोलका सुदीप साह की तीन वर्षीया छोरी चन्दाको मृत्यु भएको हो । छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा बालिका घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमक...
इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर परिचालन गरेर आगलागीमा फसेकाहरूको उद्धार गरिँदैछ । आगलागीमा पसेका ११ जना मध्ये ९ जनाको उद्धार भइसकेको र बाँकी २ जनाको उद्धार कार्य जारी रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त...
इटहरीको ९ तले सेन्ट्रल प्लाजामा भीषण आगलागी

इटहरीको ९ तले सेन्ट्रल प्लाजामा भीषण आगलागी

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन । आगो निभाउन आधा दर्जन बढी दमकलहरू खटिएका छन् । दमकलसँगै प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ठूलो भवन भएकाले भित्रभित्रै आगो फैलँदा निभाउन समस्या भइरहेको छ । नौं तले सो भवनको पाँचौँ तलाबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । छैटौ...
प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-५ बाट चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मे ६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार  इलामको माई नगरपालिका-५ का ३३ वर्षीय भुपेन्द्र लावती र विर्तामोड-५ का २३ वर्षीय राजिब चौधरी प...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार प्रतिबन्धित लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट भारतको किसानगन्ज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको छ । उनको साथबाट ४ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी...
सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार इटहरी उपमहानगरपालिका-५ हिरा होटल अगाडि पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार अन्दाजी ३५/४० वर्षको मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । कम्मर र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए...
मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बुधबार मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका-४ का ४३ वर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० वर्षीय सुशील मोतेलाई लागू...
error: Content is protected !!