सुनसरीबाट ३९ किलो गाँजासहित एक जना पक्राउ
सुनसरी । सुनसरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगन्ज गाउँपालिका-३ का ४० वर्षीय अरविन कुमार यादवको घरमा खानतलासी गर्दा गाँजा भेटिएपछि उनकी पत्नी ३५ वर्षीय सोनी कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा गाँजा लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३९ किलो २९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घरको कम्पाउण्डमा खाल्टो खने...





























