बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

सुनसरी । सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-७ का ५९ वर्षीय शुक्रबहादुर नेपाली छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे उनलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । धरान उपमहानगरपालिका-१७ रेल्वे लाइन आसपासमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डी...
सुनसरीमा सर्पले डस्दा बालिकाको मृत्यु

सुनसरीमा सर्पले डस्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-८ मा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोहमद कासिमकी १२ वर्षीया छोरी नविजन खातुनको मृत्यु भएको हो । घरको आँगनमा खेल्ने क्रममा बालिकाको दाहिने खुट्टामा सर्पले डसेको प्रहरीले जनाएको छ । तर कुन प्रजातिको सर्पले टोकेको भन्ने खुलेको छैन । प्रहरीका अनुसार बालिकालाई उपचारका लागि इनरुवा अस्पताल लगिएको उपचार सम्भव नभएपछि विराटनगरको कोशी अस्पत...
इटहरीबाट दुई बालिकाको उद्धार, वेल्स ग्लोबलका दुई ‘टुर म्यानेजर’ पक्राउ

इटहरीबाट दुई बालिकाको उद्धार, वेल्स ग्लोबलका दुई ‘टुर म्यानेजर’ पक्राउ

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट हर्बल प्रोडक्टहरूको मार्केटिङ गर्न आएका दुई बालिकाको उद्धार गरिएको छ । प्रहरीका अनुसार इटहरी-९ स्थित वन्दना होटलबाट उनीहरूलाई उद्धार गरिएको हो । काठमाडौं चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि.ले केही दिनअघि १२ जना किशोरीहरूलाई मार्केटिङका लागि इटहरी ल्याएको थियो । सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, पति घाइते

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, पति घाइते

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपियामा पति-पत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१ की ४५ वर्षीया हिरा निगाले छिन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी हिरा र सामान्य घाइते भएका उनका पति ५३ वर्षीय राजेन्द्र श्रेष्ठलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको थियो । हिराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मं...
कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद

कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद

विराटनगर । कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद भएको छ । झापा, मोरङ र सुनसरीबाट करिब १२ लाख ८५ हजार चार सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको हो । भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिभिन्न प्रकारका कस्मेटिक, कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटरपार्टस् र इलेक्ट्रिक स्कुटरको ब्याट्रीहर...
इटहरीमा तरकारी लोड भएको ट्रकबाट २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

इटहरीमा तरकारी लोड भएको ट्रकबाट २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट प्रहरीले तरकारी बोकेको ट्रकबाट २१ सय किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभुमि गाँउपालिका-६ का ३२ वर्षीय  राजेन्द्र राई र ट्रकमा सवार सोही स्थानका ३३ वर्षीय सुनिल राई छन् । आज बिहानको राती १ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरे...
धरानमा अदुवा र बन्दाकोपी लोड भएको ट्रकबाट २१ सय किलो गाँजा बरामद

धरानमा अदुवा र बन्दाकोपी लोड भएको ट्रकबाट २१ सय किलो गाँजा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधाराबाट दुई हजार एक सय ३० किलो गाँजासहित सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मिनिट्रकमा गाँजा ओसार-पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रदेश १-०२-००२ ख ०८४८ नम्बरक...
सुनसरीको दुहबीमा गुडिरहेको मोटरसाइकलमा आगलागी

सुनसरीको दुहबीमा गुडिरहेको मोटरसाइकलमा आगलागी

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ मा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सोमबार बिहान करिब ११ः२७ बजे खनारतर्फ जाँदै गरेको प्र १०-२-०४३ प ६१८४ नम्बरको एनएस मोटरसाइलकमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । मोटरसाइकल चालक दुहबी-४ का एमडी रोशन खान सकुशल रहेका प्रहरीले जनाएको छ । आगलागीको जानकारी पाउनासाथ इलाका प्रहरी कार्...
‘ट्राफिकलाई तथानाम गाली गर्ने पालिका अध्यक्ष भन्छन् : बोल्न नहुने शब्द बोले’ 

‘ट्राफिकलाई तथानाम गाली गर्ने पालिका अध्यक्ष भन्छन् : बोल्न नहुने शब्द बोले’ 

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले पदीय जिम्मेवारीमा रहेर आफूले बोल्न नहुने शब्द बोलेको स्वीकार गरेका छन् । चौतर्फी आलोचना भएपछि  उनले एक विज्ञप्ति जारी गर्दै आत्माआलोचना गरेका हुन् । उनले भनेका छन्, ‘सो घटनाका क्रममा पदीय जिम्मेवारीमा रहेको म बाट बोल्न नहुने शब्द बोलिएको प्रति म स्वयं आत्मआलोचना गर्दछु ।’ घटना शुक्रबार दिउँसोको हो । कोशी गाउँपालिका-४ कोशी कटानमा ट्राफ...
धरानमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

धरानमा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सेउती पुलनजिकै अटोले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । महादेव चोकबाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३७५ नम्बरको अटोले ठक्कर दिँदा ६० वर्षीय उषा तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार साँझ पैदल हिँडिरहेकी उनलाई अटोले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा ...
सुनसरीमा गाउँपालिका अध्यक्षको धम्कीपछि किन हटाइयो ट्राफिक प्रहरी युनिट ?

सुनसरीमा गाउँपालिका अध्यक्षको धम्कीपछि किन हटाइयो ट्राफिक प्रहरी युनिट ?

विराटनगर । अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल छ । सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भिडियो भाइरल भएको हो । शुक्रबार दिउँसो भएको उक्त घटनामा अध्यक्ष अन्सारीले ट्राफिक प्रहरीमाथि अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् । उनले बोलेका शब्द र व्यवहारप्रति अहिले चौतर्फी आलोचना भइरहेको छ । शुक्रबार दिउँसो ...
विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ

विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ

विराटनगर । साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-७ का ३५ वर्षीय खगेन्द्र बस्नेत छन् । इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक...
सुनसरीमा खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

सुनसरीमा खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

विराटनगर । सुनसरीबाट खोलाको बगरमा पुरेर राखिएको अवस्थामा गाँजा बरामद भएको छ । मंगलबार साँझ हरिनगर गाउँपालिका-५ र ६ को सिमाना स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर राखेको अवस्थामा गाँजा बरामद भएको हो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक हजार एक सय २० किलो गाँजा बरामद गरेको छ । नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरीका २० जनासहित ४० ...
इटहरीमा मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ, साथमा ब्राउनसुगर पनि भेटियो

इटहरीमा मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ, साथमा ब्राउनसुगर पनि भेटियो

सुनसरी । सुनसरीको इटहरीबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-९ का २३ वर्षीय संगम श्रेष्ठ छन् । इटहरीको पश्चिम टेम्पु स्टेण्ड नजिकै होटल अगाडि राखेको अवस्थामा गत जेठ १७ गते स्थानीय जितबहादुर घिमिरेको प्रदेश १–०२–०५३ प १९६५ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरीको जानकारी पाएपछि खोजतलासमा जुटेको प्रहरीले इटहरी–१८ बाट मोटरसाइकलसहि...
सुनसरीमा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ३६ बङ्गुर मरे

सुनसरीमा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ३६ बङ्गुर मरे

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फीभर सङ्क्रमणबाट ३६ बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल सुनसरीका अनुसार बराहक्षेत्र-१ को दियाली कृषि फार्मका २० वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा १७ वटा मरिसकेका छन् । सोही ठाउँको बराह बङ्गुर फार्ममा पनि संक्रमण देखिएको छ । उक्त फार्मका १५ वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा ७ वटा मरेका छन् । त्यस्तै सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा...
लाखौँ रकम सापटी लिएर बेपत्ता भइन् इटहरीकी शाखा अधिकृत

लाखौँ रकम सापटी लिएर बेपत्ता भइन् इटहरीकी शाखा अधिकृत

विराटनगर । इटहरी उपमहानगरपालिकाकी शाखा अधिकृत सस्मिता लुइँटेल दुई महिनादेखि बेपत्ता छिन् । आर्थिक लेनदेनको विषयमा प्रहरीमा उजुरी परेपछि बेपत्ता भएकी लुइँटेल महानगरपालिकामा हाजिर समेत भएकी छैनन् । उनले झापा र इटहरीमा विभिन्न व्यक्ति तथा कर्मचारीसँग विभिन्न समस्या देखाएर  सापटी भन्दै लाखौँ रकम लिएको खुलेको छ । उनका विरुद्धमा इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको ...
झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरूलाई झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ का २६ वर्षीय सन्जोग लिम्बुलाई ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको...
भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित सप्तकोसी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार नदीमा हाम फाल्ने व्यक्ति धनकुटा नगरपालिका-२ का ५३ वर्षीय धुव्र थापा हुन् । उनले आज दिउँसो करिब २ः४५ बजे नदीमा हाम फालेको प्रहरीको भनाइ छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार को ३४ प ३९२८ नम्बरको मोटरसाइकल पुलमा रोकेर उनले नदीमा हाम फालेका थिए...
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा उदयपुर घर भएका प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रहरीका अनुसार प्र २-०१-००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगर...
सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० मंगलबारेमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उमेश राईको १८ महिने छोरा उपदेशको मृत्यु भएको हो । बिहीबार दिउँसो छिमेकीको घरमा खेल्ने क्रममा बालकलाई मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क...
सुनसरीको देवानगन्जबाट ट्रान्सफर्मर चोरी 

सुनसरीको देवानगन्जबाट ट्रान्सफर्मर चोरी 

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ मा ट्रान्सफर्मर चोरी भएको छ । किसानहरूले सिँचाइका लागि समूहमार्फत जडान गरेको ट्रान्सफर्मर गएराति चोरी भएको हो । देवानगन्ज-२ का वडाध्यक्ष जगनारायण मेहताका अनुसार डिप बोरिङमार्फत सिँचाइ गर्न ट्रान्सफर्मर राखिएको थियो । तर चोरले ट्रान्सफर्मर नै चोरी गरेपछि किसानहरूलाई समस्या भएको उनले सुनाए । ‘मेरै जग्गामा राखिएको थियो’, उनले संगालोखबरसँग भने, ‘राति चोरी...
सहकारी ठगीका फरार प्रतिवादी प्रभात खड्का इटहरीबाट पक्राउ

सहकारी ठगीका फरार प्रतिवादी प्रभात खड्का इटहरीबाट पक्राउ

विराटनगर । सहकारी ठगी कसुर मुद्दाका फरार प्रतिवादी प्रभात खड्का पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खड्कालाई मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका-१७ भाटभटेनी नजिकबाट पक्राउ गरेको हो । ग्रेस अनुग्रह सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । २०८१ कात्तिक २६ गते जिल्ला अदालत उदयपुरबाट पक्राउ पुर्जी पनि जारी भएको...
इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ । आफ्नै निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर ४५ वर्षीय प्रेम कटवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएकोमा चिकित्सकले मृ...
धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ

धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ बाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-३ का १९ वर्षीय सुजन राई छन् । बा ४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले जेब्रा झोलामा १५ किलो गाँजा बोकेका थिए । यस्तै विराटनगर-१५ बाट २ ग्राम ८४ मिलिग्राम ब्राउन सुगरसहित बेलबारी नगरपालिका-४ क...
सुनसरीको बराहक्षेत्रबाट तीन सय ३० किलो गाँजा बरामद

सुनसरीको बराहक्षेत्रबाट तीन सय ३० किलो गाँजा बरामद

विराटनगर । सुनसरी बराहक्षेत्र नगरपालिका-१ स्थित जंगलबाट प्रहरीले गाँजा बरामद गरेको छ । आइतबार राति करिब ८ः४० बजे धरान-१७ बाट गाँजा ओसार-पसार हुँदै छ भनेर प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र जंगलबाट तीन सय ३० किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीलाई देखेपछि गाँजा ओसार-पसारमा संलग्नहरू पोका छाडेर भागेका छन् । बरामद ...
सुनसरीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद

सुनसरीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय गाँजा तस्करी बढ्न थालेको छ । नियमित जसो ट्रक, कार, टेम्पो लगायतका सवारी साधनबाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरिरहेको छ । यसैक्रममा सुनसरीबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद भएको छ । शनिबार राति सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट प्रहरीले बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सबाट एक सय ८० किलो गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खट...
सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । हरीनगर गाउँपालिका-७ बाट सोही स्थानका २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका हुन् । बिहीबार विवादका क्रममा उनले पेस्तोल निकालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनसाथ तत्कालै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेका थियो । कटुवा पेस्तोलसहित पक्राउ परेका उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय व...
धरानबाट ७ सय ८३ किलो गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ

धरानबाट ७ सय ८३ किलो गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले सात सय ८३ किलो गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ट्रक चालक सुनसरीको बराहक्षेत्रका ३१ वर्षीय मनोज परियार र सह-चालक धनकुटाको सिधुवाका १८ वर्षीय आकाश राई पक्राउ परेका छन् । भेडेटारबाट धरानतर...
सुनसरीमा सिटी सफारीबाट गाँजा ओसार-पसार, चालक पक्राउ

सुनसरीमा सिटी सफारीबाट गाँजा ओसार-पसार, चालक पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । हरिनगर गाउँपालिका-३ गौतमपुरबाट ४१ किलो गाँजासहित सफारी चालक इनरुवा नगरपालिका-७ का ३० वर्षीय अमिर मियाँ पक्राउ परेका हुन् । मङ्गलबार प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह १६४३ नम्बरको सिटी सफारी चेकजाँच गर्दा गाँजा फेला पारेको हो । गाँजा र सफारी प्रहरीले बरामद गरेको छ भने पक्रा...
सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ नहर चोकबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र १-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार छ वटा बोरामा राखिएको अवस्थामा एक सय ९९.३ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ का उद्धव भण्...
धरानबाट ग्यारेजमा राखेको बस चोरी 

धरानबाट ग्यारेजमा राखेको बस चोरी 

विराटनगर । सुनसरीको धरान-८ बाट बस चोरी भएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार मर्मतका लागि ग्यारेजमा राखिएको बस बिहीबार बेलुका चोरी भएको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका अनुसार ग्यारेजबाटै बस स्टार्ट गरेर लगिएको हो । बस चोरी भएको उजुरी परेपछि खोजी कार्य भइरहेको उनले जानकारी दिए । ‘चोरी भएको भनेर निवेदन परेको छ’, डीएसपी जबेगुले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहे...
error: Content is protected !!