संगालोखबर


विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यो आधारमा रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने छ । यसरी हेर्दा रास्वपाले १८२ सिट पाउने पक्का छ । रास्वपालाई दुईतिहाइका लागि २ सिट कम हुने देखिएको छ ।

प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली काँग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । काँग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ हजार ७५९ मत पाएको छ । एमालेले १६ सिट थप्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । नेकपाले ९ सिट थप गर्ने छ ।

प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । श्रम संस्कृतिले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ ।

प्रत्यक्षमा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकबाट ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत पाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!