
विराटनगर । प्रतिनिधि सभा निर्वाचन अन्तरगत मोरङका ६ वटा क्षेत्रमा ३२ जना उम्मेदवारले ५० मत पनि कटाउन सकेनन् । जसमा २० जना स्वतन्त्र र अन्य दलका उम्मेदवार छन् ।
मोरङ–१ मा ६ जना उम्मेदवारले ५० मत पनि कटाउन सकेनन् । जसमा ४ जना स्वतन्त्र र दुई जना दलका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार ईश्वर वाग्लेले ४०, यामप्रसाद दाहालले ३९, मिलन भण्डारीले ३१ र पशुपति घिमिरेले १७ मत ल्याए ।
यस्तै नेपाल जनमुक्ति पार्टीका फिवराज लिम्बुले ३० र मितेरी पार्टी नेपालका डिल्लीराम लिम्बुले १२ मत ल्याए । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
मोरङ–२ मा तीन जना स्वतन्त्र उम्मेदवारले ५० मत कटाउन सकेनन् । राजन निरौलाले ४८, बुधु ऋषिदेवले ३५ र नरेशकुमार साहले १८ मत ल्याए । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
मोरङ–३ मा पाँच जना उम्मेदवारले ५० भन्दा कम मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार द्वय गणेश मिश्र र तेजप्रसाद भण्डारीले क्रमशः ४४ र ३० मत ल्याए । यस्तै जय मातृभूमि पार्टीका नवराज मास्केले ४९, राष्ट्रिय ऊर्जाशील पार्टी, नेपालका भुवनकुमार वाग्लेले ३१ र जनता समाजवादी पार्टी, नेपालका मजेबुल रहमानले १८ मत ल्याए । यस क्षेत्रमा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
मोरङ–४ तीन स्वतन्त्रसहित ६ जना उम्मेदवारले ५० भन्दा कम मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार भक्तमणि दाहालले ४०, ज्ञानेन्द्र खत्रीले २५ र विनोदकुमार कार्कीले १७ मत ल्याए ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, नेपालका हरिनारायण चौधरीले ३८, नेपाल मजदुर किसान पार्टीका जयराम थारूले २९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हरनु मुसहरले ११ मत प्राप्त गरे । यस क्षेत्रमा १९ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
मोरङ–५ मा १० जना उम्मेदवारले ५० भन्दा कम मत कटाउन सकेनन् । जसमा ६ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार राजकुमार राजवंशीले ४७, सजितकुमार साहले २८, ममता यादवले १३, विकास श्रेष्ठले ११, सूर्यनारायण ठाकुरले ५ र जयनारायण शर्माले ३ मत ल्याए ।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मंगल ऋषिदेवले ३४, राष्ट्रिय मुक्ति पार्टी, नेपालका नरेशकुमार लाभले २८, नेपाल मजदुर किसान पार्टीका गंगाकुमारी राजवंशीले २२ र मंगोल नेशनल अर्गनाइजेसनका सकुन्तला श्रेष्ठले १६ मत ल्याए । यस क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
मोरङ–६ मा दुई जना स्वतन्त्र उम्मेदवारले ५० भन्दा कम मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार किरण खड्काले ३९ र खडानन्द रिजालले ३५ मत प्राप्त गरे । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

संगालोखबर 















