सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो
विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
शुक्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
साउन २९ मा नयाँ रेकर्ड राखेको सुनको मूल्यले आज त्यसलाई पनि उछिनेको छ । साउन २९ गते सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ रुपैयाँ कायम भएको थियो ।
...



























