संगालोखबर


विराटनगर । कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोडभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार कोशीका प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छैटौं लेखापरीक्षण प्रतिवेदनले बेरुजु औँल्याएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनअनुसार कोशीमा आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले प्रदेश प्रमुख खापुङलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

Advertisement

प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखापरीक्षण भएको थियो ।

कूल बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, १ अर्ब ९ करोड ४० लाख ४७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेश्की दिएको जनाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!