संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षको बजेट ३५ अर्ब हाराहारीको हुने जनाइएको छ । बजेटले मुख्य रुपमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ ।

Advertisement

बजेट सार्वजनिक गर्नका लागि शनिबार दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा केही सानो आकारको बजेट ल्याउन लागिएको हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट राजस्व बाँडफाँटवापत कोशी प्रदेशले १४ अर्ब ५४ करोड अनुदान प्राप्त गर्नेछ ।

वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड र सशर्तमा चार अर्ब १६ करोड, विशेष अनुदान ७८ करोड र समपूरक अनुदान ६५ करोड ५० लाख प्राप्त गर्नेछ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाका अनुसार यसपालि ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिएको छ । ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव भएर कार्यान्वयनमा समस्या आउने भएकाले चालु आर्थिक वर्षको भन्दा केही घटाएर बजेट ल्याउन लागिएको उनले जनाए ।

आगामी आर्थिक वर्षको बजेटले पहिलो प्राथमिकतामा पूर्वाधार निर्माणलाई राखेको छ भने त्यसपछि कृषि, पर्यटन र सामाजिक विकासको क्षेत्र प्राथमिकतामा रहेको मन्त्री रानाले बताए ।

प्रदेश प्रमुखद्वारा कोशी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठसहित)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!