संगालोखबर

विराटनगर । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै किसानहरु फेरि आन्दोलित भएका छन् । ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै किसानका प्रतिनिधिले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ( डीडीसी) अगाडि बुधबार प्रदर्शन गरेका छन् ।

Advertisement

त्यस क्रममा डीडीसी कार्यालयमा तालाबन्दी गर्न खोज्ने केही किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको केही समयपछि छाडिएको थियो ।

दूधको बक्यौता रकम तत्काल भुक्तानी दिइनुपर्छ भन्ने मागसहित आफूहरु आन्दोलित भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले बताएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले जनाए ।

गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि नियमित रुपमा दुध किसानको रकम नआउँदा समस्या परेको कुँवरको भनाइ छ । वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी रहेको उनले जानकारी दिएका छन् । किसानले अझै चार अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको कुँवरले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!