तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको त्यो दिन…

तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको त्यो दिन…

विराटनगर । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पुगेको छ । झण्डै अढाइ दशक हुन लाग्दा पनि त्यो हत्याकाण्ड अझै रहस्यमय मानिन्छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । उक्त दिनको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्...
ललितपुरमा भएको दुर्घटनामा खोटाङका युवकसहित दुईजनाको मृत्यु

ललितपुरमा भएको दुर्घटनामा खोटाङका युवकसहित दुईजनाको मृत्यु

विराटनगर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा खोटाङका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै साधनका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खोटाङको सोकला घर भइ ललितपुरको लुभुमा बस्दै आएका २६ वर्षीय लोकेश राई र काठमाडौंका २१ वर्षीय आयुष श्रेष्ठ छन् । शुक्रबार राति भएको दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका...
पौडी खेल्दा डुबेर संखुवासभामा बालकको मृत्यु

पौडी खेल्दा डुबेर संखुवासभामा बालकको मृत्यु

संखुवासभा । संखुवासभाको पाँचखपनमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ । पाँचपखन नगरपालिका–९ स्थित अँधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर ती बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय सुरेनकुमार राईका १३ बर्षीय छोरा सुजल राई रहेका छन् । शुक्रबार साँझ स्कुल बिदा भएपछि घर आएर उनी साथीहरुसँग पौडी खेल्न गएका थिए । त्यही क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार...
इलाम लिगः उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम लिगः उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने

इलाम । एन्फा इलाम जिल्ला लिगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् । इलामको ठूलो टुँडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि ...
‘स्वदेशमै नपुगिरहेको अवस्थामा भारत बिजुली निर्यात किन ?’

‘स्वदेशमै नपुगिरहेको अवस्थामा भारत बिजुली निर्यात किन ?’

विराटनगर । केही महिनायता अघोषित विद्युत कटौतीका कारण औद्योगिक क्षेत्र प्रभावित भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले उल्लेख गरेको छ । प्राधिकरणले विगत केही महिनादेखि स्वदेशी उद्योगहरुको आवश्यकताअनुरुप विद्युत आपूर्ति गर्न नसकिरहेको तथा उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित रुप...
चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने इलामका युवक पक्राउ

चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने इलामका युवक पक्राउ

इलाम । आफ्नै बुवाको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिका–१०, ढोडेनीका ३५ वर्षीय रामबहादुर राईलाई हत्या आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जेठ १६ गते उनले आफ्नै बुबा ६६ वर्षे दिलबहादुर राईलाई चिर्पट प्रहार गरी हत्या गरेका थिए । घटनापछि उनी फरार भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीकै क्रममा माई नगरपालिका–१० को ढोडे...
विराटनगरमा तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगरमा तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने जनाउको छ । प्रशिक्षण उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरेका थिए । उनले खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको ...
सकियो ‘श्रमाधान रोजगार मेला’, २ हजारले दिए आवेदन

सकियो ‘श्रमाधान रोजगार मेला’, २ हजारले दिए आवेदन

विराटनगर । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा ‘श्रमाधान रोजगार मेला’ सम्पन्न भएको छ । यस अवसरमा विराटनगरस्थित सिटी प्यालेसमा राखिएका स्टलको जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले अवलोकन गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र ...
पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान्छौंः धनकुटा एमाले अध्यक्ष लिम्बु

पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान्छौंः धनकुटा एमाले अध्यक्ष लिम्बु

धनकुटा । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाका नवनिर्वाचित अध्यक्ष शिव आङला लिम्बुले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने प्रतिबद्धता जनाएका छन् । आज पार्टीद्वारा सदरमुकाममा धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। पार्टीको अधिवेशनका क्रममा आ–आफ्नै हिसाबले प्रतिस्पर्धा गरे पनि आगामी दिनमा विजयी र पराजय भएका उम्मेदवारसहित सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उनल...
स्वीकृति नलिइ राष्ट्रिय महत्वका कागजात विदेश लैजान नपाइने

स्वीकृति नलिइ राष्ट्रिय महत्वका कागजात विदेश लैजान नपाइने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ पारित गरेको छ । शुक्रवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमापारित गरेको हो । राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा समितिमा छलफल गरेर गरेर पारित गरिएको हो । विधेयकमा राष्ट्रिय महत्वक...
मोरङ, सुनसरी र पाँचथरबाट लागूऔषधसहित ५ जना पक्राउ

मोरङ, सुनसरी र पाँचथरबाट लागूऔषधसहित ५ जना पक्राउ

विराटनगर । सुनसरी, मोरङ र पाँचथरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट विभिन्न खालका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पाँचथरको फिदिम नगरपालिका–४ का २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई ५० मिलिग्राम ब्राउनसुगर र फिदिम–१ का २३ वर्षीय दिलबहादुर राईलाई ८० मिलिग्राम ब्राउन सुगर एवं ४३ हजार ६ सय रुपैयाँ सहित नियन्त...
सुरक्षित रुपमा खाद्यान्न भण्डारण गर्नेबारे किसानलाई जानकारी

सुरक्षित रुपमा खाद्यान्न भण्डारण गर्नेबारे किसानलाई जानकारी

विराटनगर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले ‘साइलो भण्डारण’ का विषयमा जानकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरेको छ । कम्पनीले विराटनगरमा कृषक र सरोकारवालामाझ अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । कम्पनीले सहभागीहरूलाई साइलो भण्डारणका फाइदा, यसले गरिरहेको कामलगायत विषयमा जानकारी दिएको थियो । सहभागीले राखेका जिज्ञासाहरूको कम्पनीका आधिकारिक व्यक्तिहरूले स्पष्ट पारेका थिए ।  सुनसरीको गढी गाउँपालिका–...
बेलबारीमा बाल साहित्य कला महोत्सव

बेलबारीमा बाल साहित्य कला महोत्सव

विराटनगर । विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मोरङको बेलबारीमा बाल कला साहित्य महोत्सव सुरु भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबार सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला सञ्चालन भइरहेका छन् । प्रतिष्ठानकी प्रतिनिधि रेखा सुबेदीका अनुसार यस अवसरमा बाल साहित्य र कलाबारे गहन छलफल समेत हुनेछ ...
हुरीले उडाएको जस्ताले लाग्दा १०७ वर्षीय वृद्धको मृत्यु

हुरीले उडाएको जस्ताले लाग्दा १०७ वर्षीय वृद्धको मृत्यु

पर्सा । हुरीले उडाएर ल्याएको जस्तापाताले लागेर पर्साको विन्दबासिनी गाउँपालिका–२ का १०७ वर्षीय गुदेरी साहको मृत्यु भएको छ । बिहीबार बेलुका आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको प्रहरीले जनाएको छ । हुरीले उडाएर ल्याएको जस्तापाताले लागेर घर अगाडि बसिरहेका साह घाइते भएका थिए । उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा उनको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले...
धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार

धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार

धनकुटा । धनकुटामा भएको प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबलमा १ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार सम्पन्न भएको औद्योगिक मेला नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा सञ्चालन भएको हो । ‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भरतातर्फ अग्रसर बनौँ’ भन्ने नाराका साथ आयोजित मेलामा घरेलु उत्पादन, स्थानीय, खानाक...
ट्याक्टर पल्टिँदा सुनसरीमा एकजनाको मृत्यु

ट्याक्टर पल्टिँदा सुनसरीमा एकजनाको मृत्यु

सुनसरी । खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा सुनसरीमा एकजनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको घटनामा स्थानीय २२ वर्षीय पवन यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार अपराह्न स्थानीय राजेन्द्र रामको खेत जोत्दै गर्दा को २ त ४२५० नम्बरको ट्याक्टर पल्टिएको थियो । त्यसका चालक यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उपचार ...
कोशीका विभिन्न क्षेत्रमा आज पानी पर्ने सम्भावना

कोशीका विभिन्न क्षेत्रमा आज पानी पर्ने सम्भावना

विराटनगर । मनसुन नजिकिएसँगै कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार कतिपय स्थानमा चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार कोशीका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । हावाहुरी पनि आएर मौसममा फेरबदल भएको थियो । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाख...
जन्मदिनमा संखुवासभाका पत्रकार पौडेलद्वारा विद्यार्थीलाई सहयोग

जन्मदिनमा संखुवासभाका पत्रकार पौडेलद्वारा विद्यार्थीलाई सहयोग

धनकुटा । संखुवासभाका पत्रकार दुर्गेश पौडलले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बिहिवार उनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । संखुवासभाको धर्मदेवी नगरपालिका–६ मा रहेको विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई एक वर्षभर पुग्ने शैक्षिक सामग्री वितरण गरेका थिए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरुलाई हौ...
झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

झापा । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घरको माथिल्लो तलामा जस्ताको छाना लगाउने क्रममा दमक नगरपालिका–२ का ६२ वर्षीय खगेन्द्र राईलाई बिहीवार करेन्ट लागेको थियो । छाना बनाउन प्रयोग गरेको जस्ताले नजिकैको बिजुलीको तारमा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएका उनको त्यहीँ मृत्यु भएको थियो ।
टी–१० क्रिकेटः विराटनगर स्पोर्टिङको लागातार तीन जित

टी–१० क्रिकेटः विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३ रनले पराजत गर्दै विराटनगरले लगातार तीन जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १५५ रन बनाएको हो । जितका लागि विराटनगर स्पोर्टिङका परवेज शेखले अर्...
हिमाली जिल्ला ताप्लेजुङ सदरमुकाममा ५८ वर्षयताकै सर्वाधिक गर्मी

हिमाली जिल्ला ताप्लेजुङ सदरमुकाममा ५८ वर्षयताकै सर्वाधिक गर्मी

ताप्लेजुङ । कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै सर्वाधिक तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार सदरमुकाम फुङलिङमा बुधवार २८.८ डिग्री तापक्रम रेकर्ड भएको छ । गत शनिवार २९ डिग्री तापक्रम रेकर्ड गरिएको कार्यालय प्रमुख डेभिड ढकालले जानकारी दिए । उनका अनुसार सन् १९६६ मा २८.७ डिग्री तापक्रम रेकर्ड भएको तथ्यांक छ । १ हजार ७०० मिटर उचाईमा रहेक...
उदयपुरको त्रियुगामा नोवेलको शिविरः २ हजारभन्दा बढीको उपचार

उदयपुरको त्रियुगामा नोवेलको शिविरः २ हजारभन्दा बढीको उपचार

उदयपुर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट उदयपुरको त्रियुगा नगरपालिका–१० मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२ सयभन्दा बढीले सेवा लिएका छन् । बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा सञ्चालित शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल सर्जरी, प्रसती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग विशेषज्ञले सेवा दिएका थिए । यसैगरी, छाला रोग, नाक कान घाँटी ...
झापामा वृद्धा हत्यामा संलग्न र सघाउनेसहित पाँचजना पक्राउ

झापामा वृद्धा हत्यामा संलग्न र सघाउनेसहित पाँचजना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया बिष्णुमाया बिष्टको हत्यामा संलग्न तथा विभिन्न तरिकाले सहयोग गर्नेसहित गरी प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । गत वैशाख २६ गते बिहान बिष्टको हत्या भएको थियो । घरैमा बसिरहेका बेला टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा बिर्तामोड–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनी हत्या घटनाका मुख्य आरोपी भएको प्रहरीले ...
बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको छैनः प्रधानमन्त्री दाहाल

बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको छैनः प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको चर्चाका बीच प्रधानमन्त्रीले यस्तो बताएका हुन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीमाझ बोल्दै उनले आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइएको भएपनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको बताए ...
धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने

धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालय परिसरमा जेठ १८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल यूथ ग्रुपको प्रविधिक सहयोग र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था धनकुटाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा पाठेघर क्यान्सर, स्तन क्यान्सर, निःसन्तान, सेतो पानी बग्ने, र महिनावारी गडबढी जस्ता महिलामा देखिने समस्याहरुको पहिचान गरी उ...
नेपाली क्रिकेट टोली आज अमेरिकासँग खेल्दै

नेपाली क्रिकेट टोली आज अमेरिकासँग खेल्दै

विराटनगर । नेपालले आज टी-२० विश्वकप वार्मअप अन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२०...
गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ

गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । घटनाको २० दिनपछि प्रहरीले स्थानीय गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेको दुवैले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिष्टले लगाउने गरेको सुनको चुरा, सिक्रीलगायत गरगहना बरामद गरिएको छ । दुवैजना बिष्टक...
मोटरसाइकल दुर्घटना हुँदा मोरङको मिक्लाजुङमा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा मोरङको मिक्लाजुङमा एकजनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–६ कत्ले भन्ने ठाउँमा अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । टाँडीबाट किसानचोकतर्फ जाँदै गरेको को ७ प ७६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसका चालक मोरङको पथरीशनिश्चरे–२ का ३० वर्षीय करण खड्काको मृत्यु भएको हो । बुधबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भए...
विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा बिहीबार ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ । विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने उद्घाटनको तयारी पूरा भएको मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेश...
टी–१० क्रिकेटः तीन खेलमा एनबीएससीको दुई जित

टी–१० क्रिकेटः तीन खेलमा एनबीएससीको दुई जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा–रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । जितसँगै एनबीएससीले चार अंक जोडेको छ । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो । पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा...
प्रिन्सिपल एसोसिएसन धनकुटाको अध्यक्षमा राई

प्रिन्सिपल एसोसिएसन धनकुटाको अध्यक्षमा राई

धनकुटा । प्रिन्सिपल एसोसिएसन अफ नेपाल धनकुटाको नवगठित समितिको अध्यक्षमा गोविन्द राई निर्वाचित भएका छन् । एसोसिएसन जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जीवनकुमारी राई, सचिवमा विनोदप्रसाद सुवेदी, सहसचिवमा बिनोद वस्ती चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा भरत लिम्बु छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल कुनै पनि राजनैतिक संगठन नभएको र यसले विद्यालयमा सुधा...
error: Content is protected !!