संगालोखबर


विराटनगर । सामाजिक सञ्जालका विभिन्न माध्यममा भिडियो राख्ने चलन अचेल बढेको छ । खासगरी फेसबुक, इन्स्टाग्राम जस्ता माध्यममा रिल्स बनाएर पोस्ट गर्ने चलन बढिरहेको छ । यस्ता भिडियो लोकप्रिय पनि हुन्छन् ।

यही कारण अरुले भन्दा फरक, आकर्षक र राम्रो भिडियो बनाएर पोस्ट गर्न धेरैले मन पराउँछन् । यसो गर्दा कतिपय प्रयोगकर्ता जोखिमपूर्ण स्थानहरुमा पनि पुगिरहेका हुन्छन् ।

Advertisement

त्यस्तो गर्दा अनेक दुर्घटना पनि भएका छन् । पछिल्लो पटक भारतको मनगाउँ जिल्लामा यस्तै घटना भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय ‘इन्फ्लुएन्सर’ आन्भी कामदारको मृत्यु भएको छ ।

रिल्स बनाउने क्रममा २७ वर्षीया उनी ३०० फिट अग्लो झरनाबाट चिप्लिएर खसेकी थिइन् ।

सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्दारकर्ताले उनको उद्दार गरेका थिए । उद्धार गर्दासम्म उनी जीवितै थिइन् । तर अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रिल्स बनाउन उनी सातजना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या दुई लाख ६० हजार छ ।

पर्यटन प्रवर्द्धन गर्ने विषयमा रिल्स बनाउने उनी डेलाइट नामक प्रविधि कम्पनीमा चार्टर एकाउन्टेन्टको रुपमा कार्यरत थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!