संगालोखबर

विराटनगर । कोशी प्रदेशका ४ हजार भन्दा बढी मानिसमा एचआईभी संक्रमण भएको पाइएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा र ए.एच.एफ नेपालले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एचआइभी संक्रमितको तथ्यांक सार्वजनिक गरिएको हो ।

Advertisement

कार्यक्रममा नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विथ एचआईभी महासंघ कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले प्रदेशमा ४ हजार बढी एचआईभी संक्रमित रहेको जानकारी दिए । उनका अनुसार २ हजार ४ सय ७ जनाले एचआईभीको नियमित औषधि सेवन गर्दै आएका छन् । वालवालिकाहरुमा पनि एचआईभी संक्रमण देखिएको छ । कोशी प्रदेशका ८७ जना बालबालिकामा एचआईभी संक्रमण भएको तथ्याङ्क छ । एचआईभी संक्रमितले शल्यक्रिया लगायत अन्य सेवाहरू सहज रूपमा सबै अस्पतालहरूबाट पाउन नसकेको सुपरभाइजर राईले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. राधिका थपलियाले एचआईभी रोकथाम र नियन्त्रणका लागि पाँच वटा विषयलाई स्पष्ट गरेर अगाडि बढनुपर्ने धारणा राखिन् । डकुमेन्टमा काम गर्नेको क्षमता अभिवृद्धि गर्नुपर्ने र मोनिटरिङलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन् । एचआईभीको कार्यक्रम धेरै भएपनि सचेतनालाई प्रभावकारी बनाएर अगाडि बढेमात्र यसको रोकथाम र नियन्त्रण हुने उनको बुझाई छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्वेश शर्माले अहिले प्रदेशलाई स्वास्थ्य सम्बन्धी बढी अधिकार दिइएकाले प्रदेश सरकारले जनताको स्वास्थ्य समस्या समाधानमा अझ गतिशील भएर काम गर्नुपर्ने बताए । ए.एच.एफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्यराज जोशीले आफूहरूले नेपाल सरकारसँग मिलेर एचआईभी एड्स रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले समग्र अवस्थाको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!