संगालोखबर


विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक गर्ने जनाएको छ ।

उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डले जनाएको हो ।

Advertisement

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बताएका छन् ।

त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको जनाइएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् ।

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछ । बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!