संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ ठुलोगाउँमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको प्र.१–०२–००३ त ५८३ नम्बरको ट्याक्टरले किचेको हो ।

दुर्घटनामा स्थानीय ४० वर्षीय बलिमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार राई लड्दा सोही ट्याक्टरको चक्काले किचेर घटनास्थलमै उनको मृत्यु भएको हो ।

Advertisement

घटनापछि ट्याक्टर चालक दिपराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!