संगालोखबर

उदयपुर । उदयपुरको चुरे जंगल क्षेत्रमा रहेको सडक खण्डमा ‘विंगर’ गाडी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका–३ की ५० वर्षीया गीता कार्की राउत को मृत्यु भएको हो । गाईघाटबाट सिरहाको लहान जाँदै गरेको ना १ ज ६२७९ नम्बरको विंगर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंका गाडीमा सवार २० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!