विराटनगर । खोटाङको वराहपोखरी गाउँपालिकाले बसाइँ सरेर गाउँमा आएको एक परिवारलाई प्रोत्साहन स्वरुप एक लाख दिएको छ । १८ वर्षपछि गाउँमै फर्किएका बेदबहादुर खड्काको परिवारलाई गाउँपालिकाले एक लाख दिएको हो ।
२०६३ सालमा सोही स्थानबाट सप्तरी बसाइ सरेको खड्काको परिवार स्थायी रूपमा बस्नेगरि पुनः गाउँ फर्किएपछि प्रोत्साहन गरेको गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएपछि गाउँपालिकाले प्रोत्साहन गर्ने निर्णय लिएको छ । सोही अनुसार उनलाई रकम प्रदान नगरिएको जनाएको छ ।
खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्तरण गरेका हुन् । यो कार्यक्रम प्रभावकारी भएमा थप रकम वृद्धि गर्ने योजना रहेको पालिकाले जनाएको छ ।