विराटनगर । आज नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला आठ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार प्रतितोला एक हजार नौ ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।