संगालोखबर


विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रबाट हुने तस्करी रोक्न निर्देशन दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले ३० दिनभित्र तस्करी रोक्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

उनले तस्करीले अपराध बढाएको र राजश्व घटाएको भन्दै चिन्ता व्यक्त गरे । उनले तस्करी नरोकिएको खण्डमा गृह मन्त्रालयले ‘एक्सन’ लिने बताए । उनले शान्ति सुरक्षा हुँदा मात्र देशको विकास र आर्थिक सबलीकरण सम्भव हुने उल्लेख गरे ।

Advertisement

गृहमन्त्री लेखकले लागूऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाले गम्भीर चुनौती खडा गरिरहेको समेत बताए ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू र १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू सहभागि छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!