
विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीका मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













