विपदबाट हुने क्षति घटाउन लागिपर्यो कोशी प्रदेश सरकार
विराटनगर । दशा बाजा बजाएर आउँदैन । नेपाली समाजमा प्रचलित यो भनाइको आशय विपद् जुनसुकै वेला पनि निम्तिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै विपद्जन्य घटना र त्यसबाट हुनसक्ने जनधनको क्षतिलाई कम गर्न कोशी प्रदेश सरकार लागिपरेको छ । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन दुवै योजना बनाएर काम गरिरहेको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान, कटान, भूकम्प, आगलागी, हावा...































