उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास
विराटनगर । उद्योगी व्यवसायीहरूको मुलुककै सबैभन्दा जेठो संस्था मोरङ उद्योग व्यापार संघले ७५ बर्षे इतिहास रचेको छ । औद्योगिक नगरी विराटनगरमा २००७ सालमा स्थापना भएको संघले विभिन्न आरोह-अवरोह झेल्दै ७५ वर्ष पार गरेको हो ।
दुई वर्षअघि मोरङ व्यापार संघबाट नाम परिमार्जन गरेर बनेको मोरङ उद्योग व्यापार संघले मङ्गलबार आफ्नो ६९ औं वार्षिक साधारण सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा भव्य समारोह आयोज...































