कोशी प्रदेशको खेलकुदलाई चलायमान राख्न ‘खेलकुद महोत्सव’
विराटनगर । कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ देखि १८ गतेसम्म प्रथम संस्करणको कोशी प्रदेश खेलकुद महोत्सव आयोजना गर्न लागेको हो ।
बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशका १४ जिल्लाका खेलाडीहरू सहभागी हुने महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल र ट...





























