संगालोखबर


विराटनगर । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Advertisement

यस्तै तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली तथा तराई भू-भागमा आंशिक बदली हुने छ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!