
इलाम । मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ । चक्रवात ‘मोन्था’ का कारण आजबाट इलामसहित देशका विभिन्न स्थानको मौसम प्रभावित हुने सम्भावना देखिएकाले गाडी सञ्चालनमा रोक लगाइएको हो ।
एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आजदेखि कार्यान्वयन हुनेगरि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।


संगालोखबर 













