संगालोखबर


विराटनगर । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका ६५ वर्षीय गौतमको निधन भएको हो ।

भाषण गरिरहेको बेला अचानक ढलेका उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरका गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए । उनका दुई छोरा र श्रीमती रहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!