भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै
भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या वर्षेनी घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षको असार मसान्तसम्म एक सय १० वटा मात्र उद्योग दर्ता भएका छन् ।
उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार आ...






























