
विराटनगर । झापाको दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गएराति बस दुर्घटना भएको छ । दुर्घटनामा मोरङको मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३५ जना सवार थिए । दुर्घटनामा २१ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

संगालोखबर 













