संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी खोलाहरूमा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम र मोरङमा बाढीको मध्यम जोखिम छ ।

सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तु लगायत आसपासका जिल्लामा पनि बाढीको जोखिम छ ।

Advertisement

कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो नदीहरूको वहाव बढ्ने सम्भावना रहेकोले महाशाखाले जनाएको छ । महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै शनिबारदेखि जोखिम घट्दै जाने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!