संगालोखबर


सोलुखुम्बु । सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान ८ः१५ बजे हेलिकप्टर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार हेलिकप्टरमा पाइलट मात्रै थिए । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Advertisement

लुक्ला विमानस्थलका अनुसार अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!