
विराटनगर । विराटनगर-३ आयल निगममा पेट्रोल बोकेको ट्याङ्कर र अक्सिजन बोकेको मिनी ट्रक ठोक्किएका छन् । आज दिउँसो भएको दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
ट्राफिक प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ३३७४ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको ना ५ ख ०८४५ नम्बरको ट्याङ्कर एक-आपसमा ठोक्किएका हुन् ।
ट्यांकर आयल निगम परिसरमा प्रवेश गर्ने क्रममा ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुबै सवारीसाधनमा क्षति पुगेको छ । घटनापछि दुई वटै सवारी-साधन बरगाछी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













