संगालोखबर
फाइल तस्बिर

विराटनगर । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण मधेश र कोशी प्रदेशका एक/दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवात मोन्था प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

Advertisement

साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरूमा हल्का वर्षा हुने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!