संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार नौ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!