माओवादीले ‘जनतासँग माओवादी, तराई-मधेश जनजागरण अभियान’ चलाउँदै
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ‘जनतासँग माओवादी, तराई-मधेश जनजागरण अभियान’ चलाउने भएको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा आगामी फागुन १२ गतेदेखि अभियान चलाउने जानकारी गराइएको हो ।
अभियान झापाको कचनकवलबाट सुरु भएर कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक-एक ...




























