कोशीका १२ सहित यी जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना
विराटनगर । आज कोशीका १२ सहित विभिन्न जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न जिल्ला भइ बग्ने नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको हो ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले उल्लेख गरेको छ । देशभर मनसुनको प्रभाव रहेपनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ...





























