संगालोखबर


विराटनगर । केही दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदी ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!