
विराटनगर । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-४ का ३७ वर्षीय ओमनाथ घिमिरे छन् ।
बुधबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बस चोकबाट उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेका उनको साथबाट दुई ग्राम तीन सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













